पेप्सोडेन्ट नेपालले देशभर गर्‍यो विभिन्न कार्यक्रम र डिजिटल अभियानको आयोजना

काठमाडौं । पेप्सोडेन्ट नेपालले विभिन्न समुदाय र वर्गहरूमा दन्त स्वास्थ्यसम्बन्धी चेतना जगाउने विभिन्न कार्यक्रमहरू देशभर सञ्चालन गरेको छ । कम्पनीले विश्व मौखिक दिवस २०२५ को अवसर पारेर ती कार्यक्रम सञ्चालन गरेको हो ।

पेप्सोडेन्ट नेपालले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डीएसएन) सँगको सहकार्यमा गुहेश्वरी मावि सिनामंगल, बीआइए इन्स्टिच्युट जोरपाटी र चितवन मेडिकल कलेजमा मुखको स्वास्थ्यका लागि सचेतना कार्यक्रम र निःशुल्क दन्त शिविर सञ्चालन गरेको हो ।

त्यस्तै, बिहीबार विश्व मौखिक दिवसका दिन डीएसएसएन र नेपाल डेन्टल एसोसिएसनसँगको सहकार्यमा बसन्तपुरबाट नक्सालसम्म २५० दन्त चिकित्सक र विद्यार्थीहरूको सहभागितामा ‘रन फर ओरल हेल्थ’ म्याराथन आयोजना गरिएको छ ।

यसका साथै यो सहकार्यले ‘स्माइल गार्जियन प्रोजेक्ट’ मा पनि योगदान गर्ने कम्पनीले विश्वास लिएको छ । यो कार्यक्रमअन्तर्गत नेपालका अनाथ आश्रममा रहेका १ हजार ५ सय अनाथ र विपन्न बालबालिकालाई दन्त उपचार प्रदान गरिने कम्पनीको भनाइ छ ।

त्यस्तै, डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डीएस्एचएएन) सँगको सहकार्यमा १ हजार ८ सयभन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच सेवा प्रदान गरेको छ ।

त्यसैगरी, कम्पनीले पोखरामा ‘तेस्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिट २०२५’ आयोजना गरेको छ । कम्पनीले विभिन्न प्रदेशका दुर्गम क्षेत्रहरूमा रहेका मुसहर, राउटे र चेपाङ जस्ता विपन्न आदिवासी समुदायलाई निःशुल्क दन्त परीक्षणका साथै दन्त स्वास्थ्य किट पनि वितरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *