नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गर्‍यो ‘Visa Spend & Win Dashain Campaign’ भाग्यशाली विजेताहरूको घोषणा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘Visa Spend & Win Dashain Campaign’ अन्तर्गतका भाग्यशाली विजेताहरू घोषणा गरेको छ ।

सो कार्यक्रम चाडपर्वको अवसरमा सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ सम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो ।

उक्त अभियान अन्तर्गत नेपालभरका २५ विजेताहरू मध्ये ६ जना एनआईएमबीका ग्राहकहरू विजयी भएका छन्, जसले यस बैंकलाई राष्ट्रव्यापी प्रवर्धनात्मक अभियानमा एक प्रमुख स्थान दिलाएको छ ।

कुल विजेताहरूको २४ प्रतिशतएनआईएमबीका ग्राहकहरू रहेको तथ्यले नेपालमा डिजिटल कारोबार प्रवर्धनमा बैंकको योगदानलाई स्पष्ट पार्दछ ।

एनआईएमबीका भाग्यशाली विजेताहरू मनोज मोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टिका राम शर्मा, सरोज प्रसाद प्रधान र मीना कार्की रहेका छन् ।

चाडपर्वको अवसरमा भिसा ले नेपालमा भिसा डेबिट, प्रिपेड तथा क्रेडिट कार्डहरूको प्रयोग प्रवर्धन गर्ने उद्देश्यले ल्याएको कार्यक्रम हो । यस अभियानअन्तर्गत विजेताहरूलाई दुई जनाका लागि अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउण्ड ट्रिप हवाई टिकट प्रदान गरिनेछ ।

एनआईएमबी डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने आफ्नो निरन्तर प्रयासका साथै आफ्ना सम्मानित ग्राहकहरूको दैनिक कारोबारका लागि पुरस्कृत गर्न प्रतिबद्ध छौं । बैंक सुरक्षित, सहज तथा लाभदायक बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धतामा दृढ रहन्छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *