नेपाली कांग्रेस आमनागरिकको पार्टी हो : डा.मिनेन्द्रराज रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्रराज रिजालले नेपाली कांग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस आमनागरिकको विचार र चेतना बोकेको पार्टी भएको बताए । उनले कांग्रेसले हरेक विचार बोकेका व्यक्तिहरुलाई समेटेर लैजानसक्ने पार्टी भएको दाबी गरे ।

उनले पार्टीले विभिन्न विचार र समूहका चेतना बोक्ने भएकाले आमनागरिकले काँग्रेसलाई मेरो पार्टी हो भनेर गर्व गर्नसक्ने अवस्था रहेको जिकिर गर्नुभयो । विश्वका पुराना लोकतान्त्रिक दलहरुमा सबैलाई समेट्न सक्ने क्षमता हुने उनको भनाइ छ ।

उनले भने,‘नेपाली काँग्रेस आमनागरिकको पार्टी हो । आमनागरिकको पार्टी भनेको आमनारिकमा जे चेतना छ पार्टीमा पनि त्यही चेतना गर्ने पार्टी हो । आमनागरिक एकातिर हुने र पार्टी एकातिर हुने त्यो चेतनाको पार्टी नेपाली काँग्रेस होइन । आमनागरिकको पार्टी मात्रै होइन नेपाली कांग्रेस असाध्यै फराकिलो छाताको पार्टी हो । नेपाली काँग्रेसलाई मेरो पार्टी हो भनेर भन्ने मान्छेहरुका बीचका पनि असाध्यै ठुलो विचारमा विविधता भएको पार्टी हो । दुनियाँका पुराना र लोकतान्त्रिक पार्टीहरुमा त्यो खालको चरित्र रहन्छ ।’

नेता रिजालले काँग्रेस र एमालेको वर्तमान सरकारले आगोको पर्खाल निर्माण गरी निषेधको राजनीति गरेको आरोप लगाए । सरकारले सुशासनमार्फत जनताका निराशा सम्बोधन गरी विश्वासको आधारमा दलहरुसँग संवाद गरेर संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *