चन्द्रागिरिको केउरानी जंगलमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

आगलागीबाट ठुलो क्षति भइसकेको छ । सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर, अझै पनि पूर्ण रुपमा आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

जंगलको विभिन्न ठाउँमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *