एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’ प्याक, के छन् विशेषता ?

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने सधैं अन १७९९ रोमिङ प्याक ल्याएको छ ।

यो एक सम्पूर्ण प्याकेज भएको एनसेलले जनाएको छ । नेपालभर निर्वाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्ने एनसेलको भनाई छ ।

यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा, र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश रहेका छन् ।

जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्नेछ भने यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नेछ ।

भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्नेछन् । यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. एक लाख सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेटिने छ ।

करसहित रु. १ हजार ७ सय ९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले ८१२३८७८६३ डायल गरेर सहजै यो प्याक लिन गर्न सक्नेछन् ।

“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं । सधैं अन १७९९ रोमिङ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरू सहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

यो सधैं अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउने उद्धेश्य राखिएको उनको भनाई छ ।

देशभित्रै प्रयोग गर्नका लागि उच्च परिमाणका सेवा, सुविधाहरुका साथै थप रोमिङ सुविधासँग समायोजन गरी, एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहजता प्रदान गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *