गृहका २८ शाखा अधिकृतको सरुवा, पदस्थापन र काज (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय र मन्त्रालय मातहतमा कार्यरत २८ जना शाखा अधिकृतको सरुवा पदस्थापन तथा कामकाजमा खटाएको छ । २८ शाखा अधिकृतको सरुवा, पदस्थापन तथा कामकाजमा खटाइँदा तीन जनालाई भने विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ ।

जसमा मन्त्रालयमा कार्यरत चीरञ्जिवी सापकोटालाई सोलुखुम्बु, नन्दराम परियारलाई मुस्ताङ र दीपक पौडेललाई बझाङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा दिइएको छ । मन्त्रालयमा कार्यरत मधुर नेपालीलाई कारागार कार्यालय इलाममा कारागार प्रशासकको जिम्मेवारी दिइएको छ ।

साथै १७ जनालाई विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ बाँकीलाई कारागार व्यवस्थापन विभाग, इलाका प्रशासन कार्यालय तथा गृह मन्त्रालयमा शाखा अधिकृतको जिम्मेवारी दिइएको छ।

हेर्नुस् सूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *