उरुग्वेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

२०८१ चैत ९ गते

काठमाडौं । साविकको विश्व विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी फिफा विश्वकप छनोटमा उरुग्वेमाथि जित दर्ता गरेको छ । शनिबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले स्तब्ध पारेको हो ।
थियागो अल्मादाले गरेको एकमात्र गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ६८औं मिनेटमा थियागोले गोल गरेका थिए ।
अर्जेन्टिना कप्तान लियोनल मेसीविना नै मैदान उत्रिएको थियो । अमेरिकी छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १३ खेलमा २८ अंक जोडेको छ । उरुग्वे भने २० अंकसहित चौथो स्थानमा झरेको छ । अर्जेन्टिनाले अब २६ मार्चमा ब्राजिलसँग भिड्नेछ ।

२०८१ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित