आइतबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *