‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ?’

२०८१ चैत १० गते

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानून नबनेको भन्दै सरकारसँग जवाफ माग गरेकी छन् ।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले शहिद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? भन्दै प्रश्न गरिन् । उनले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानूनी रुप नलिएको भन्दै सरकारसँग जवाफ माग गरिन् ।
उनले भनिन्– ‘सम्माननीय अध्यक्ष महोदय, शहीद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? सरकारले जानकारी दिनुपर्यो । राष्ट्रिय सभाले पास गरेर उहिल्यै पठाएको विधेयक अहिलेसम्म पनि कानूनमा किन गइरहेको छैन ? सरकारको जवाफ माग्दछु ।’
उनले बैतडीको पाटनस्थित विमानस्थल सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

२०८१ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित