ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक छैनन्, पार्टी खोलेर राजनीतिमा आउन् : शेरबहादुर देउवा

२०८१ चैत १० गते

काठमाडौं । नेपाली कांग्रेसका सभापित एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् ।
आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । सभापति देयवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शाहलाई पार्टी सभापति बनाउन समेत देउवाले आग्रह गरे ।

२०८१ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित