मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंकक को राउन्ड ट्रिप फ्लाइट टिकट

२०८१ चैत १० गते

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.का एक भिसा डेबिट कार्ड होल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि बैंकक को राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् ।
यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरु बिच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरूको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरू ल्याउने बताएका छन् ।
साथै बैंकले हालै जारी ग्लोबल मनी वीक अन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम संचालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरूमा भाग लिइरहेका छन् ।

२०८१ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित