तेस्रो लहान मेयर गोल्डकप फुटबल सोमबारदेखि

२०८१ चैत १० गते

सिरहा । लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यायलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा दश टोली सहभागी हुने आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले बताए ।
उनका अनुसार सोमबार उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेतालाई रु दुई लाख ११ हजार र उपविजेतालाई रु एक लाख ११ हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताका लागि लहान नगरपालिकाले रु २० लाख सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगञ्ज युनाइटेडले जितेको थियो । सो प्रतियोगितमाा सलहेश युवा क्लब, सिरहा उपविजेता बनेको थियो ।

२०८१ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित