प्रचण्ड,ओली,देउवालाई विदेशमा लुकाएको सम्पत्ति कसरी जोगाउने भन्ने छटपटी छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राजसंस्थाबारे दिएका अभियव्यक्ति जवाफ दिन योग्य नभएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले सो कुरा बताएका हुन् ।

उनीहरुले दिएको अभिव्यक्ति लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र विदेशमा लुकाएको सम्पति कसरी जोगाउने भन्ने छटपटी मात्रै भएको समेत थापाले बताए ।

उनले फेसबुकमा लेखेका छन्,‘प्रचण्ड,ओली, देउवा र बाबुरामले राजा र राजसंस्थावारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन्।त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलताको प्रमाण हो। लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र बिदेशमा लुकाएको सम्पति कसरी जोगाउने भन्ने छटपटी हो। जनभावनाको अनादार नगर्न आग्रह छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *