हैदरावादले राजस्थानलाई दियो २८७ रनको लक्ष्य, इशानको शानदार शतक

२०८१ चैत १० गते

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई २ सय ८७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन जोड्यो ।
हैदरावादका लागि इशान किशनले शानदार शतक प्रहार गरे । उनले अविजित १ सय ६ रन जोडे । ओपनर ट्राभिस हेडले ६७ रन बनाए भने अर्का ओपनर अभिषेक शर्माले २४ रन थपे ।
नितिश कुमार रेड्डीले ३० र हेनरिक क्लासेनले ३४ रनको योगदान दिए । अनिकेत वर्माले ७ रन जोडे ।
बलिङमा भने राजस्थान रोयल्सका तुषार देशपाण्डेले सर्वाधिक ३ विकेट लिए । महेश थेक्सनाले २ तथा सन्दीप शर्माले १ विकेट लिए ।

२०८१ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित