उपप्रधानमन्त्री सिंहलाई बालेनले भने – मलाई हराउने नाममा देशलाई नहराउनुहोला

२०८१ चैत १० गते

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले उप्रपधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफुलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका छन् । महानगर प्रमुख शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल.सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’

२०८१ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित