देउवाले पूर्वराजालाई राप्रपाको सभापति बन्न आग्रह गरेपछि के भने ज्ञानेन्द्रले ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बन्न आग्रह गरेपछि सांसद ज्ञानेन्द्र शाहीले असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक नभएको भन्दै राप्रपाको सभापति बन्न आग्रह गरेका थिए ।
ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक छैनन्, पार्टी खोलेर राजनीतिमा आउन् : शेरबहादुर देउवा
देउवाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाको प्रवक्ता समेत रहेका शाहीले देउवालाई तीन पटक प्रधानमन्त्री राप्रपाको सभापति संग सपथ खाँदै बन्नुभएको हो भन्दै प्रश्न गरेका छन् । सांसद शाहीले जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्न देउवालाई आग्रह समेत गरे ।
