आइपिएल
मुम्बई इण्डियन्सद्धारा चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको लक्ष्य

२०८१ चैत १० गते

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ।
टस जितेर चेन्नईले पहिले फिल्डिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो। खालिद अहमदले सुरुवाती २ विकेट लिए।
आज भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्स लाई ४४ रनले हराएको थियो ।

२०८१ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित