रचिन रविन्द्र र कप्तान गायकवाडको अर्धशतकमा चेन्नईको जित


काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ ।
टस हारेर सुरुमा ब्याटिङ गरेको मुम्बईले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको चेन्नईले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर १५८ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
चेन्नईको जितमा ओपनर रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले अर्धशतक प्रहार गरे । नटआउट ४५ बलको सामना गरेको रविन्द्रले चार छक्का र दुई चौकाको मद्दतमा ६५ रन बनाए भने कप्तान गायकवाडले २६ बलमा ६ चौका र तीन छक्काको मद्दतमा ५३ रन जोड्दै अर्धशतक पूरा गरे ।
उसका लागि रविन्द्र जडेडाले १७ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राहुल त्रिपाठी २, शिवमन दुवे ९, दीपक होडा ३, श्याम कुरान ४ रनमा आउट हुँदा महेन्द्रसिंह ध्वनीले नटआउट २ बलको समना गरे ।
मुम्बईका लागि विघ्नेश पुथुरले तीन विकेट हात पार्दा दीपक चाहर र विल ज्याक्सले एकएक विकेट लिए ।
चेन्नाईको घरेलु मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। यस्तै कप्तान सूर्यकुमार यादवले २९ बनाउँदा दिपक चहर २८ रनमा आउट भए ।
मुम्बईलाई सस्तैमा समेट्न चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट हात पारेका थिए । चार ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चिए । उनी खेलको म्यान अफ द म्याच बनेका छन् । उसका लागि अलिल अहमदले तीन विकेट लिए ।
