एनआईसी एशिया󠆫 बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

२०८१ चैत ११ गते

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले नजिकिँदै गरेको नयाँ वर्ष विक्रम संवत २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहकहरू तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरू नयाँ आशा, भरोसा एवं उमङ्ग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर डिजिटल क्यालेन्डर सार्वजनिक गरेको बैंकले जनाएको छ ।
डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिनुका साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरूसहित डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।
जसका लागि बैंकले आफ्नो वेबसाइट मार्फत सजिलै डाउनलोड गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

२०८१ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित