नेपाल लाइफद्वारा २०८२ को क्यालेन्डर सार्वजनिक


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
चैत ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् ।
बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक, बीमा अभिकर्ता, पदाधिकारी, कर्मचारी, शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सरोकारवालाहरूलाई नयाँ वर्ष २०८२ को अग्रिम शुभकामना समेत व्यक्त गर ।
आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए ।
यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने बताए ।
