सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरू गरेर मनाएको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा ३१९ जना भन्दा बढी सहभागीहरूले रक्तदान गरे । साथै काठमाडौँ शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि : सहाय सेवा सदनमा आहार बिहार र काठमाडौं , गुह्येश्वरी स्थित बाल सारथी एकेडेमीमा शैक्षिक सामग्री हस्तान्तरण मार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू आयोजना गरिएको कम्पनीले जनाएको छ ।

हालै सम्पन्न आठौँ वार्षिक साधारण सभापछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न कायम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *