भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुङ्ग्याउँदै सर्वसम्मतिले पारित गरेको हो । भन्सारसम्बन्धी समस्याहरूलाई समाधान गर्नेगरी लामो समयको छलफलपछि विधेयक पारित गरिएको समिति सभापति सन्तोष चालिसेले बताए ।

व्यापार सहजीकरणको लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । समितिले विधेयकलाई प्रतिवेदनसहित छिट्टै सदनमा पेस गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *