ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ ।

बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सातवटै प्रदेशहरूमा सञ्चालन गरेको हो ।

बैंकले ग्लोबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरूको सहभागिता रहेको जनाएको छ । यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि ब्यानर सहित सहभागी भएका थिए ।

ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवर्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको जनाएको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *