प्यासन फाउन्डेसनद्धारा जापान जाने विद्यार्थीको बिदाइ (भिडिओ)


काठमाडौं । प्यासन फाउन्डेसनले जापान जाने विद्यार्थीहरूलाई फेयरविल तथा ओरेन्टेसन कार्यक्रम गरेको छ ।
आज आइतबार स्काइ पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरेर अप्रिल इन्टेक–२०२५ मा सिओइ प्राप्त गर्न सफल विद्यार्थीहरूका लागि फेयरविल तथा ओरेन्टेसन कार्यक्रम आयोजना गरिएको हो ।
प्यासन फाउन्डेसनमा भाषा पढेका ५ सय जना विद्यार्थीहरूको अप्रिल इन्टेकमा सिओइ आएको थियो । कार्यक्रममा जापानबाट सेन्सेइ नुबु ओकराको सहभागितामा फेयरविल तथा ओरेन्टेसन कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै प्यासन फाउन्डेसनका प्रबन्ध निर्देशक पुष्पराज पहराईले जापानको सिओइ प्राप्त गरेका विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गरे । उनले सिओइ पाउनु मात्रै सपना पुरा नभएको र सफलताको लागि ढोका खुलेको बताए ।
प्रबन्ध निर्देशक पहराईले जापान सोचे जस्तो नभएको र सपना पुरा गर्न धेरै मेहनत गर्नुपर्ने बताए । उनले सपना पुरा गर्न त्याग आवश्यक रहेको बताए । प्रबन्ध निर्देशक पहराईले सफलताको लागि इमानदारिता प्रमुख कुरा रहेको बताउँदै इमानदारिता नभए आफूले देखेको सपना पुरा नहुने उल्लेख गरे ।
सिओइ प्राप्त गरेपछि विद्यार्थीसँग खुसी साट्दै प्रबन्ध निर्देशक पहराईले विद्यार्थी तथा अभिभावकहरूको विश्वास र आफ्ना दक्ष तथा मेहनती कर्मचारीको अथक प्रयासले सफलता प्राप्त भइरहेको बताए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्यासन फाउन्डेसनले गुणस्तरीय सिकाइ प्रदान गरेको भन्दै प्रशंसा गरेका थिए ।
यहाँका भाषा प्रशिक्षक र फाउन्डेसनको सेवा सुविधा पनि राम्रो रहेको विद्यार्थीहरू बताउँछन् । अप्रिलमा सिओइ प्राप्त गर्न सफल विद्यार्थी सुजाइन बोहराले आफ्नो मेहनतसँगै प्यासन फाउन्डेसनले पनि उपयुक्त सहजीकरण गरेको बताइन् । उनले फाउन्डेसनले गरेको फेयरविल तथा ओरेन्टेसन कार्यक्रमको प्रशंसा समेत गरिन् ।
यस्तै प्यासन फाउन्डेसनमै पढेर जापान जाने तयारीमा रहेकी अमिषा शाहले सामाजिक सञ्चालनको माध्यमबाट प्यासन फाउन्डेसनमा जोडिन पुगेको बताइन् । उनले प्यासनका प्रशिक्षकहरूले भाषा सिक्नका लागि हौसला प्रदान गर्ने गरेको बताइन् । उनले जापान जान चाहने विद्यार्थीहरूलाई प्यासन फाउन्डेसनको सहजिकरणमा जान आग्रह गरिन् ।
कार्यक्रममा सहभागी भएका अर्का विद्यार्थी निर्धन पाण्डे पनि प्यासन फाउन्डेसनले दिइरहेको सेवा सुविधामा खुसी नै छन् । उनले भाषा पढेको ४ र ५ महिनाकै अन्तरालमा सिओइ पाएको बताए ।
उनले अरु कन्सल्टेन्सीबाट पनि भाषा पढेको तर, प्यासन फाउन्डेसननै गुणस्तरीय लागेको बताए । उनले विदेश पढ्न जाने विद्यार्थीको भविष्य सुनिश्चित गर्ने उपयुक्त माध्यम प्यासन फाउन्डेसन नै रहेको दाबी गरे ।
प्यासन फाउन्डेसन विगत लामो समय देखि जापान जाने नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट परामर्शदाता संस्थाका रूपमा परिचित छ । गोङ्गबु काठमाडौँमा प्रधान कार्यालय रहेको यो संस्थाले देशका विभिन्न ठाउँमा रहेका आफ्ना शाखाहरू मार्फत सेवा दिँदै आएको छ ।
प्यासन फाउन्डेसनमा जापानीज भाषाका कक्षाहरू सञ्चालित छन् भने आईएलटिएस, पीटिई लगायतका पूर्व तयारी कक्षाहरू पनि सञ्चालित छन् । प्यासन फाउन्डेसनले भिसा प्रोसेसिङ र डकुमेन्टेशनको काम पनि गर्दै आएको छ ।
