शीर्ष तीन नेताको भेटवार्तापछि प्रधानमन्त्री कार्यालयमा ‘क्याबिनेट’ बैठक : के गर्ला निर्णय ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

आजको बैठक नियमित भएपनि संक्रमणकालीन न्याय (टिआरसी) बारे केही निर्णय हुनसक्ने बुझिएको छ । आज दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफल भएको थियो ।

उनीहरुबीच भएको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमती भएको थियो । सर्च कमिटी गठन गर्ने सहमति समेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *