मन्त्रिपरिषद् बैठक निर्णय : राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको एक मन्त्रीले बताए ।

समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका ती मन्त्रीले बताए । वर्तमन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैतमा सकिँदैछ ।

अधिकारीको कार्यकाल सकिन लागेसंगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *