मन्त्रिपरिषद् बैठक निर्णय

चैत्र १९ गतेदेखि आरजु सहितलाई लिएर प्रधानमन्त्री थाइल्याण्ड भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । सोमवार बसेको मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो ।

प्रधानमन्त्री ओलीले चैत्र १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिने भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनका अनुसार बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा लगायतका मन्त्रीहरु सहभागी हुने पनि बताए ।

उनले भने, ‘२०८१ चैत्र १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।’

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *