सरकारले कुलमानलाई हटाएपछि ज्ञानेन्द्र शाहीले प्रचण्डलाई दिए बधाई

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेनद्र शाहीले नेकबपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको कटाक्ष गरेका छन् ।

उनले सोमबार साँझा सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले संक्रमणकालीन न्याय(टीआरसी)संग कुलमानलाई साटेको बताएका छन् ।

उनले लेखेका छन्,‘कमरेड प्रचण्ड सार्है नै बाठो छन् । टिआरसी सगँ कुलमान पो साटेछन। आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ। बधाई छ कमरेड प्रचण्ड’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *