सरकारले कुलमानलाई हटाएपछि प्रचण्डले के भने ?

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् ।

उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बहुमतको दम्भमा गरिएको उक्त निर्णय प्रति घोर निन्दा गरेका हुन् । कुलमानलाई पदबाट हटाउने सरकारको कदम बिल्कुल गलत र आपत्तिजनक भएको उनको भनाई छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिंगलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ। उनै कुलमान घिसिंगलाई बॉकि बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मंत्रीपरिषद बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, २/३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *