बालेनको आक्रोश- सबैलाई टुकुचामा गाडिदिन्छु

२०८१ चैत १२ गते

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुकमार्फत सरकारप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । उनले महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएकोप्रति आक्रोश व्यक्त गर्दै चेतावनी दिएका छन् ।
बालेनले लेखेका छन्, ‘को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाहा छैन । तर, अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु । त्यसपछि हेरौँला, तिमीहरूको तन्त्र के हो !’
उनको भनाइले सरकार र स्थानीय तहबीचको तनाव झन् चुलिएको संकेत गर्छ । यसअघि पनि उनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए, जसले धेरै चर्चा पाएको थियो ।

२०८१ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित