पीएन क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियु विजयी, कसले कति मत पाए ? (सूची)

काठमाडौं । पोखराको प्रतिष्ठित पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस)मा सम्पन्न स्ववियू निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानलसहित विजय हासिल गरेको छ । विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको हो ।

अध्यक्ष पदमा पोखरेल १,१०५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका सुशील न्यौपानेले ५०३ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार विप्लवीले ४६९ मत ल्याए । सचिव पदमा अनेरास्ववियुकै विराट दुवाडीले १,४१३ मतसहित जित हात पारे भने कोषाध्यक्ष पदमा सन्दिका गुरुङले १,३०४ मत ल्याएर विजयी भइन् ।

पीएन क्याम्पसमा विगतदेखि नै एमाले निकट अनेरास्ववियु हावी हुँदै आएको छ । यो क्याम्पसका स्ववियु सभापतिहरूले राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका छन् । पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री पदम गिरी, पोखराका मेयर धनराज आचार्य, नेता राजीव पहारी, राजनीतिक विश्लेषक झलक सुवेदीलगायत यहींबाट स्ववियु सभापति निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *