पूर्व पतिसँग बोलेको निहुँमा ४० वर्षीया मनिषाको हत्या

काठमाडौं । झापाको कनकाई नगरपालिका-५ मा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकाई-५ नारायणदल चोकमा अस्थायी बसोबास गर्ने ४० बर्षीया मनिषा लिम्बु मग्रान्तीको हत्या भएको हो ।

ताप्लेजुङ सिनाम घर भई नारायणदल चोकस्थित योगेन्द्र बस्यालको घरमा केहि महिनादेखि भाडामा बस्दै आएका ३९ बर्षीय लालबहादुर सार्कीले श्रीमती मनिषाको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । लालबहादुरको घाँटीमा गम्भीर चोट लागेको र उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै जातिसँग पहिलो विवाह गरेकी मनिषाले पूर्व श्रीमानसँग बोलेको निहुँमा लालबहादुरले खुकुरी प्रहार गर्दा मनिषाको मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार मनिषाको मृत्यु भएपछि लालबहादुरले आत्महत्या प्रयास गरेका हुन् । लालबहादुरको समेत जेठी श्रीमतीसहित परिवार पहाडमा रहेको बुझिएको छ । प्रहरीले लालबहादुरलाई उपचारका लागि बिएण्डसी अस्पताल पठाए पनि खर्च अभावका कारण परिवारले प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी गरिरहेका छन् । घटना सोमबार रातिको भए पनि प्रहरीले मंगलबार बिहानमात्र जानकारी पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *