अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताएका छन् ।

पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताए ।

लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताए ।

अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गरे । उनले भेनेजुएलाबाट तेल र÷वा ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताए ।

राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाए ।

जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको शुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *