नेपाली बजारमा हुन्डाई क्रेटा ईभी सार्वजनिक (भिडिओ)


काठमाडौं । हुन्डाईले क्रेटा ईभी सार्वजनिक गरेको छ । नेपाली बजारमा केही समययता प्रतीक्षा गरिँदै आएको हुन्डाई क्रेटा ईभी आइतबार सार्वजनिक गरेको हो ।
क्रेटा ईभीको चार वटा भेरियन्ट नेपाल आएको हो । जसअनुसार एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट(ओ) को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको दमदार फिचर र एडभान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले दाबी गरेको छ ।
नेपाली बजारमा पहिले देखि नै आईसीई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको र हुन्डाईका अन्य ईभी समेत चर्चित बनिरहेको समयमा क्रेटा ईभी समेत धेरैले मन पराउने अपेक्षा गरिएको छ ।
हुन्डाई क्रेटा ईभी सार्वजनिक कार्यक्रममा बोल्दै लक्ष्मी ग्रुपका संस्थापक तथा अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपालमा विश्वको अग्रणी गाडी वितरण गर्दै आएको बताए ।
उनले सदैव ग्राहकको चाहना र आवश्यकतालाई पुरा गर्न तयार रहेको बताए । उनले विश्व बजारमा आएका हुन्डाईका गाडीलाई नेपालमा ल्याउन सफल भन्दै खुसी व्यक्त गरे ।
यस्तै हुन्डाइका डिलर बिक्री प्रमुख विनयप्रकाश श्रेष्ठले हुन्डाई नेपालमा ब्रान्ड बनिसकेको बताए । उनले नयाँ आएको हुन्डाई क्रेटा ईभीले नयाँ अध्याय सुरु गर्ने बताए ।
उनले इभी गाडीको बजारमा हुन्डाई क्रेटा इभीको छुट्टै र फरक पहिचान बन्ने बताए । हुन्डाई क्रेटा इभीको फिचरबारे जानकारी दिँदै श्रेष्ठले भने
हुन्डाईले नेपालमा सन २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मज्जाले गुड्न सक्ने हुन्डाइका नेपालमा १० हजार भन्दा धेरै ग्राहक छन् ।
विगत एक दशक भन्दा लामो समय देखि नेपालमा हुन्डाइ गाडीहरू उपलब्ध गराइरहेको लक्ष्मी ग्रुपले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ ।
