नेपालमा रिडाराको पहिलो १००% पिओर इलेक्ट्रिक पिकअप सार्वजनिक


काठमाडौँ । नेपालमा रिडाराको आधिकारिक वितरक सिजीमोटर्सले आज नेपालकै पहिलो १००% पिओर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक गरेको छ ।
हात्तिवन रिसोर्ट, फर्पिङ दक्षिणकालीमा एक कार्यक्रमको आयोजना गरि उक्त पिकअप सार्वजनिक गरिएको हो ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले इभि पिकअप सेग्मेन्टमा नयाँ स्तर स्थापित गर्ने कम्पनीले जनाएको छ । यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र प्रतिघण्टा ७३ किलोवाट क्षमताको ब्याट्री रहेको छ, जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै रिडारामा मा ७ फरक–फरक ड्राइभिङ मोडहरू जस्तै बालुवा, हिलो, अफ–रोड , पानी , इकोनोमी आरामदायी र स्पोर्ट मोडहरू उपलब्ध छन् । जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ । साथै, ५४० डिग्री सराउन्डेड भ्यु क्यामेरा प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउने कम्पनीले जनाएको छ ।
‘रिडारा आरडी सिक्स’ सार्वजनिक कार्यक्रममा विशेष ४ डब्लुडी डेलिभरी र एड्भेन्चर ड्राइभ आयोजना गरेको थियो । सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव लिन विभिन्न चुर्नातिपूर्ण भूभागमा प्रत्यक्ष सहभागिता जनाएका थिए ।
नेपालमा हाल रिडारा गाडीको मूल्य ७९।९९ लाख रहेको छ ।
