कुलमानका समर्थक र प्रहरी बिच धकेलाधकेल

काठमाडौँ । कुलमान घिसिङका समर्थक र प्रहरी बिच धकेलाधकेल भएको छ ।

आज दिउँसो नयाँ बानेश्वर चोकमा कुलमान घिसिङका समर्थकहरू र प्रहरी बीच धकेलाधकेल भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा प्रदर्शनकारीहरू आज विरोध गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरू काठमाडौंको माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकसम्म आइपुगे ।

सो क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।

उनीहरू ‘कता हिँडेको, बत्ती मारेर, कुलमान फालेर’, ‘उज्यालो नेपाल जिन्दाबाद, अँध्यारो सरकार मुर्दावाद’ ‘हामी जनता हेरेको हेर्यो, सरकार जान्ने भो धेरै’ भन्ने जस्ता ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *