गभर्नर बन्न नबिलका सिईओ ढुंगानाले दिए राजीनामा

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुंगानाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरको रेसमा रहेका उनले आज मंगलबार सिईओ पदबाट राजीनामा दिएका हुन् ।

हिजो चैत ११ गते नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन भएको थियो ।

यस लगतै आज उनले गत आइतबारको मिति राखेर राजीनामा दिएका छन् तर बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरिसकेको छैन ।

उनी यसअघि एनबी बैंक नबिलमा मर्ज हुने भएपछि दुई वर्षको पहिलो कार्यकालका लागि नियुक्त भएका थिए । साथै अर्को दुई वर्षको कार्यकालका लागि पनि उनी पुनः नियुक्त भए ।

उनी गभर्नरको रेसमा बलियो उम्मेदवार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *