शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानुन बनाउन आवश्यक : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानुन बनाउन आवश्यक रहेको बताएकी छन् ।

मंगलवार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् । उनले सरकार शिक्षा क्षेत्रको विस्तारमा ध्यान दिँदा त्यसको गुणस्तरका लागि केही गर्न नसकिएको बताइन् । राज्य र विश्वविद्यालयबिचको सम्बन्ध के हो भनेर परिभाषित हुने खालको ऐन आजसम्म बनाउन नसकिएको उनको भनाइ छ ।

उनले विश्वविद्यालयहरूलाई खुला रुपमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताए । उनले जे गर्दा पनि अर्थ मन्त्रालयसँग अनुमति लिनुपर्ने समस्याको कारण वैज्ञानिकहरू समस्यामा परेको बताइन् ।

उनले भनिन् ‘हामीले जतिपनि अहिलेसम्म शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौं । त्यसको गुणस्तरमा हामीले केही पनि गर्न सकेका छैनौँ । आजसम्म हामीले एउटा नियम पनि बनाएका छैनौँ । हामी बल्ल विश्वविद्यालयका मात्र ऐनहरू बनाइरहेका छौं । तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो त रु भन्ने ऐन त हामीले आजसम्म बनाएका छैनौँ । हामीले हरेक कुराको अर्थ मन्त्रालयबाट अनुमति लिनुपर्ने भनेका हुन्छौँ । आज नास्टका कतिपय वैज्ञानिकहरू अर्थ मन्त्रालयले अनुमति नदिँदा अप्ठ्यारोमा हुनुहुन्छ । वैज्ञानिकहरूले आफूलाई चाहिने टुल टेक्निक ल्याउँदा सरकारले रोक्ने अवस्था छ । जसरी हामी युवाहरूलाई बाहिर लैजाऊँ भन्ने जुन आशय छ त्यो असाध्यै राम्रो छ । त्यसलाई दिगो रुपमा सम्बोधन गर्नेगरी ऐन बनाउनुपर्छ ।’

युवाहरूलाई नेपालमै बस्ने वातावरण निर्माण गर्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको ऐन बनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *