कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

उनले बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको बताएका छन् । उनले यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रजना गर्ने उद्देश्यले गरिएको बताए ।

‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको उल्लेख गरिएको छ।

उपाध्यक्ष सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति दुष्प्रचार गरिएको बताए । उनले आमनागरिकमा भ्रम सृजना गर्ने दुष्प्रचार तत्काल बन्द गर्न कडा चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *