कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्याे, निर्णय सच्याओस् : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् ।

मङ्गलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरे । उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरे ।

उनले कुलमान हटाउनुको कारणबारे जथाभाबी तर्क नगर्न पनि ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई चेतावनी दिए । उनले देशको लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताए ।

उनले भने ‘सरकारले हिजो नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछ । केही आरोप छ की भनेर हेरेको काम गर्न सकेन भन्ने आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन मन्त्रीज्यु । यस्तो वाहियात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु हाम्रो देशको दुर्भाग्य हो । दुःखद् कुरा हो । यसको म विरोध गर्न चाहन्छु । सरकारलाई आग्रह गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट त्यतिबेला योग्यतम मान्छेहरुमाध्येबाट नियुक्ति गरेको थिएँ, पहिलो कार्यकालमा । पछि मैले केही सहकार्य गरेँ । सरकारले यो ठूलो गल्ती गरेको छ । भोलि पश्चताप हुनेछ ।’

सांसद शर्माले सरकारलाई निर्णय सच्याउन आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *