शुद्धीकरण अभियान बुधबारदेखि स्काउट प्राङ्गणमै आमरण अनसन बस्ने
बकम्फुसे कुरा नगर्न आग्रह


काठमाडौं । नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानले भोलि(बुधबार)देखि स्काउट प्राङ्गणमै आमरण अनसन बस्ने भएको छ ।
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानविन माग गर्दै चैत्र १ गतेदेखी रिले अनसनमा बसेको शुद्धीकरण अभियानले मंगलबार सो चेतावनी दिएको हो । माग सम्बोधन नभएमा बुधबार दिउँसो १२ बजेदेखि स्काउटको प्राङ्गणमै आमरण अनसन बस्ने स्काउटर आशिक कार्कीले बताए ।
नेपाल स्काउट शुद्धीकरण अभियानले भन्यो – निर्देशकले संस्था कमजोर बनाएका छन्, साथ दिनुस्
उनले निर्देशक भट्टराईमाथि छानविन माग गर्दै गत फागुन ६ गते युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएपनि हालसम्म माग सम्बोधन नभएको भन्दै बुधबारदेखि आमरण अनसनमा बस्ने शुद्धीकरण अभियानले घोषणा गरेको हो । स्काउटर आशिक कार्कीले आफुहरुलाई नजिस्क्याउन समेत आग्रह गरे । आमरण अनसन सशक्त हुने उनको भनाई छ ।
स्काउटका निर्देशक भट्टराईमाथि दश गम्भीर आरोप : छानविन गरी कारबाही माग
स्काउट भएको हिसाबले आफुहरु अराजक नबनेको समेत उनले बताए । आफुहरु माग सम्बोधन नभएसम्म कसैसंग कुरा नगर्ने र पछि नहट्ने समेत उनले बताए ।
नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानबिन गरी कारबाही माग गर्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र
उनले आफुहरुसंग बकम्फुसे कुरा नगर्न समेत आग्रह गरे । माग सम्बोधन भए मात्र कुरा गर्ने बताउँदै आफुहरुका मागलाई गम्भीरता पूर्वक लिन आग्रह समेत गरे ।
