आईपीएलमा पन्जाबले गुजरातलाई ११ रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ । सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेलेका हुन् ।

उनले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे । उनी शतकका लागि मात्र तीन रनले चुके । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो ।

२४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो । गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए  ।

यो खेलसँगै आईपीएल जारी सिजनको पहिलो खेल सबै टिमले खेलिसकेका छन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *