ब्राजिललाई ४-१ ले हराउँदै अर्जेन्टिना विश्वकपका लागि छनोट

काठमाडौं । साबिक विश्व विजेता अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट भएको छ । बुधबार बिहान भएको दक्षिण अमेरिकी फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले  ब्राजिलमाथि ४-१ को सानदार जित दर्ता गरेको हो ।

अर्जेन्टिनाका लागि खेलको ४ औं मिनेटमा आल्भारेज, १२ औं मिनेटमा फर्नान्डेज, ३७ औं मिनेटमा म्याक अलिस्टेर र ७२ औं मिनेटमा बाल्दिनी गोल गरे । ब्राजिलका लागि कुञ्हाले २६ औं मिनेटमा १ गोल गरेका थिए । अर्जेन्टिनाको १४ खेलमा ३१ अंक भएको छ भने समान खेलमा ब्राजिलको २१ अंक रहँदा तालिकाको चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *