संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । संविधान र गणतन्त्रको पक्षमा उभिएका विभिन्न विपक्षी दलहरूको बैठक अहिले नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय, सिंहदरबारमा जारी छ । नेपालमा पछिल्लो राजनीतिक परिदृश्यमा देखिएको उतार-चढाव, राजावादीको सक्रियता, संविधान कार्यान्वयनमा देखिएका चुनौती तथा गणतन्त्रको सुदृढीकरणका लागि आवश्यक रणनीतिबारे छलफल गर्न बैठक आयोजना गरिएको हो ।

बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी लगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी छन् । उनीहरूबीच संविधानको मर्मअनुसार सरकार सञ्चालन हुनुपर्ने, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने तथा गणतन्त्रलाई बलियो बनाउन साझा कार्ययोजना अघि बढाउनु पर्ने विषयमा छलफल भइरहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *