इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, भित्रै फसेकाहरुको उद्धार जारी (तस्बिरहरु)

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागी केहीबेरअघि सुरु भएको हो र अहिले नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।

प्लाजाको भित्र दुई जना फसेको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि सुरक्षा निकाय र दमकल टोली लागिरहेको छ । प्रारम्भिक जानकारीअनुसार भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन ।

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । आगो निभाउन दमकलका गाडीहरू परिचालित भएका छन् भने स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *