निभाउन सकिएन सेन्ट्रल प्लाजाको आगो, फसेकालाई डोरीको सहायताले उद्धारको प्रयास (अपडेट)

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रकाअनुसार आगो नियन्त्रणको प्रयास जारी भएपनि अहिलेसम्म निभाउन नसकिएको हो ।

उनले प्लाजाभित्रै फसेकाहरूको डोरीको सहायताले उद्धारको प्रयास भइरहेको बताए । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । आगो निभाउन दमकलका गाडीहरू परिचालित भएका छन् भने स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा जुटेका छन् ।

आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । प्रारम्भिक जानकारीअनुसार भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *