सेन्ट्रल प्लाजा आगलागी अपडेट : फसेका तीन जनाको उद्धार, हेलिकप्टर ल्याउने तयारी

काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागीमा फसेका तीन जनालाई डोरीको सहायताले उद्धार गरिएको छ । प्लाजाभित्रै कति जना फसेका छन् भन्ने यकिन हुन भने सकेको छैन ।

थप दुई जनालाई डोरीको सहायताले उद्धारको प्रयास भइरहेको छ । बुधबार बिहान साढे ९ बजेदेखि लागेको  आगो नियन्त्रणको प्रयास जारी भएपनि अहिलेसम्म निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । इटहरी र आसपासका आठ वटा दमकलले निभाउने प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन सकेको हो ।

आगलागी नियन्त्रणको लागी पूर्वी पृतनाबाट सेनाको हेलिकप्टर ल्याउने तयारी भइरहेको बताइएको छ । इटहरी चोकबाट पूर्व काकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो । अहिले पाँचौं‌, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ । ९ तलाको यो भवनमा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन् । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *