सेन्ट्रल प्लाजा आगलागी अपडेट : उद्धारका लागि हेलिकोप्टर पठाइयो

काठमाडौँ । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ ।

बुधवार बिहान साढे ९ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी भएपनि अहिलेसम्म निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

इटहरी र आसपासका आठ वटा दमकलले निभाउने प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन सकेको हो ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

प्लाजाभित्रै कति जना फसेका छन् भन्ने यकिन हुन भने सकेको छैन । अहिले नेपाली सेनाको हेलिकप्टरमार्फत फसेकाहरूको उद्धार गरिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *