प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

बैठकमा सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई पनि सहभागी छन् ।

बैठकमा एमाले र कांग्रेसका अरू नेताहरू पनि सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन तथा संसद्मा विचाराधीन कानुनहरूको निर्माणका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *