कुलमानको समर्थन गर्दै विद्युत् प्राधिकरण परिसरमा आन्दोलन (तस्बिरहरू)

२०८१ चैत १३ गते

काठमाडौँ । कुलमान घिसिङको समर्थनमा आज प्रदर्शन भएको छ ।
बुधवार काठमाडौँस्थित रत्नपार्कमा रहेको नेपाल विद्युत् प्राधिकरणको परिसरमा उक्त प्रदर्शन भएको हो ।
प्राधिकरण अगाडि अहिले बाक्लोसँग प्रहरी परिचालन गरिएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो ।
यससँगै हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनले मंगलबार नै पदबहाली गरिसकेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित